नेपालमा JCB का उपकरण बेच्ने आधिकारिक बिक्रेता MAW Earthmovers ले नयाँ ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सुरु गरेको छ।
यो योजना विशेषगरी JCB 3DX Super ब्याकहो लोडरका लागि ल्याइएको हो।
कम्पनीका अनुसार यस योजनाले ग्राहकको विश्वास बढाउने र उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुरक्षित गर्ने उद्देश्य राखेको छ।
यो योजनाअन्तर्गत नयाँ जेसीबी 3DX सुपर किन्ने ग्राहकले ४ वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि निश्चित बाइ ब्याक मूल्य पाउन सक्नेछन्।
ग्राहकले मेसिनलाई कम्पनीका अधिकृत डिलरमार्फत खरिद गरेको हुनुपर्नेछ।
साथै, तोकिएका सञ्चालन नियम र नियमित मर्मतसम्भार पूरा गरेको अवस्थामा प्रयोग भइसकेपछि पनि मेसिनलाई मूल मूल्यको करिब ५० प्रतिशतसम्म बाइ ब्याक सुविधा दिइनेछ।
यसले ग्राहकलाई आर्थिक सुरक्षा दिनुका साथै भविष्यमा पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार यो पहलले जेसीबी 3DX सुपरको टिकाउपन, विश्वसनीयता र बजारमा यसको मागप्रति कम्पनीको विश्वास देखाउँछ।
यो मेसिन नेपालका निर्माण क्षेत्रमा धेरै प्रयोग हुने भरपर्दो ब्याकहो लोडरमध्ये एक मानिन्छ।
एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिले निर्माण क्षेत्रमा गरिएको लगानीबाट दीर्घकालीन मूल्य र भरपर्दो उपकरण अपेक्षा गरिने बताए।
उनका अनुसार बाइ ब्याक योजना ल्याएर ग्राहकलाई खरिद निर्णयमा अझ विश्वास दिलाउने प्रयास गरिएको हो।
जेसीबी 3DX सुपर उच्च इन्धन दक्षता, बलियो प्रदर्शन र कम मर्मत खर्चका कारण परिचित छ।
यस मेसिनले सडक निर्माण, जलविद्युत् आयोजना, शहरी पूर्वाधार तथा ग्रामीण विकासका काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
एमएडब्ल्यू अर्थमुभर्ससँग देशभर ३२ भन्दा बढी सेवा सञ्जाल छन्।
साथै ४०० भन्दा बढी बिक्री र बिक्रीपछिको सेवा दिने दक्ष जनशक्ति रहेको कम्पनीले जनाएको छ।
यही कारणले जेसीबी नेपालका धेरै ठेकेदार र निर्माण कम्पनीहरूको पहिलो रोजाइ बनेको बताइएको छ।
यो ‘बाइ ब्याक ग्यारेन्टी’ योजना देशभरका अधिकृत एमएडब्ल्यू जेसीबी डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
Post Views: 183