तेल–ग्यास मूल्य बढ्यो

इरानले खाडी क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफमा प्रतिक्रिया स्वरूप आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य बढेको देखिएको छ।

बिबिसीका रिपोर्टअनुसार कतार जस्तो ठूलो ग्यास उत्पादकस्थानमा हमला भएपछि नेचुरल ग्यासको मूल्यसमेत वृद्धिमा आएको छ।

त्यस्तै, कच्चा तेलको बजार मूल्य पनि बढेर प्रति ब्यारेल करिब ८२ अमेरिकी डलर पुगेको छ, जुन गत केही समयको तुलनामा उच्च रहेको छ।

स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनावले इन्धन ढुवानीमा अवरोध आउन सक्ने सम्भावना बढेपछि बजारमा अस्थिरता फैलिएपछि मूल्य वृद्धि भएको विश्लेषकहरूले बताएका छन्।

विश्वको तेल र ग्यास आपूर्तिमा ठूलो हिस्सा योगदान गर्ने सो क्षेत्रको स्थिति अझै अनिश्चित रहँदा आगामी दिनमा मूल्य अझै बढ्न सक्ने आशंका पनि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *