विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड CF MOTO ले बहुप्रतिक्षित CF MOTO 450 CL-C लाई “Bikes & Coffee 2026” कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
कार्यक्रम ललितपुरस्थित Suzuki Driving Center मा सम्पन्न भएको थियो।
कार्यक्रममा राइडर समुदाय, अटोमोबाइल मिडिया, मोटरसाइकल पारखी, इन्फ्लुएन्सर तथा ब्रान्ड समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मोडर्न क्लासिक सेग्मेन्टमा नयाँ मानक स्थापना गर्ने लक्ष्यसहित ल्याइएको 450CL-C ले नेपालमा विस्तार हुँदै गएको प्रिमियम मिड-वेट मोटरसाइकल बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजन यस मोटरसाइकलको मुख्य विशेषता हो।
यसमा ४४९cc समानान्तर ट्विन लिक्विड-कुल्ड इन्जिन जडान गरिएको छ, जसले सन्तुलित र स्मूद पावर डेलिभरी तथा बलियो मिड-रेन्ज टर्क प्रदान गर्छ।
साथै, आरामदायी क्रुजर एर्गोनोमिक्स, प्रिमियम फिनिश, उच्च निर्माण गुणस्तर र उन्नत ब्रेकिङ तथा सुरक्षा प्रणाली समावेश गरिएको छ।
लो-स्लंग स्टान्स, मस्कुलर फ्युल ट्याङ्की र मिनिमलिस्ट डिजाइनले 450CL-C लाई स्टाइल र प्रदर्शन दुवै पक्षमा आकर्षक बनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा दीर्घकालीन लगानी र विस्तार रणनीतिबारे जानकारी दिएका थिए।
यस मोडेलको आगमनसँगै CFMOTO ले नेपालमा विश्वस्तरीय विकल्प उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
यो मोटरसाइकल स्टाइलिस तर शक्तिशाली क्रुजर खोजिरहेका युवा तथा अनुभवी राइडरहरूलाई लक्षित गरी ल्याइएको हो।
हाल 450CL-C देशभरका आधिकारिक CF MOTO शोरूमहरूमा बुकिङका लागि उपलब्ध छ।
मूल्य, स्पेसिफिकेशन तथा डेलिभरीसम्बन्धी थप जानकारीका लागि नजिकैको शोरूममा सम्पर्क गर्न सकिनेछ।