कतार एयरवेज उडान लचिलो

खाडी क्षेत्रमा बढ्दो तनावका कारण कतार एयरवेजले यात्रुहरुलाई आगामी एक हप्ताभित्र आफ्नो टिकट रद्द गरेर पैसा फिर्ता लिन वा उडान मिति परिवर्तन गर्न दिने निर्णय गरेको छ।

एयरलाइनले यात्रु र कर्मचारीहरूको सुरक्षा प्राथमिकता रहेको उल्लेख गर्दै, वर्तमान परिस्थिति अस्थिर रहेको हुँदा टिकट सम्बन्धी यस्ता सुविधाहरू उपलब्ध गराएको बताएको छ।

कतारको हवाई मार्ग केही समयका लागि बन्द भएकोले दोहातर्फका उडानहरू अस्थायी रूपमा रोकिएका छन् र आकाश मार्ग खुलाउँन सम्बन्धित अधिकारीहरूसँग मिलेर काम भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *