Skip to content
टाटा मोटर्सले आफ्नो लोकप्रिय पन्च इभी इलेक्ट्रिक कारको फेसलिफ्ट मोडल भारतीय बजारमा सार्वजनिक गरेको छ।
नयाँ मोडलमा ठूलो ब्याट्री र नयाँ फिचरहरू थपिएका छन् जसले पहिलेको संस्करणभन्दा प्रदर्शन सुधार गर्ने कम्पनीले जनाएको छ।
यस मोडलको मूल्य ९ लाख ६९ हजार देखि १२ लाख ५९ हजार भारु राखिएको छ र ग्राहकलाई ब्याट्री क्षमता अनुसार विकल्प उपलब्ध गराइएको छ।
भ्याट्रीका दुई प्रकार (३० र ४० किलोवाट) को प्याकले ४६८ किलोमिटर सम्मको रेंज प्रदान गर्ने टाटा मोटर्सले उल्लेख गरेको छ।
नयाँ संस्करणले फास्ट चार्जिङ क्षमतासहित स्पोर्ट र ड्राइभ मोडहरू, ग्राउन्ड क्लियरेन्स, एलोय ह्वील्स र डिजाइन अपडेट जस्ता सुविधाहरू उपलब्ध गराएको छ।
Post Views: 174