७० अर्बको सवारी आयात

चालु आर्थिक वर्ष साउनदेखि माघसम्म नेपालमा सवारीसाधन आयात लगभग ७० अर्ब ८३ करोड रुपैयाँ बराबर पुगेको छ।

भन्सार विभागका तथ्यांकअनुसार यो अवधिमा २ लाख २१ हजार १४ युनिट सवारीसाधन आयात भएको छ, जसमा दुई, तीन र चार पाङ्ग्रे, अटो रिक्सा, बस, कमर्सियल र हेभी इक्वीपमेन्टजस्ता सवारीसमेत समावेश छन्।

चार पाङ्ग्रे विद्युतीय सवारी/प्यासेन्जर १६ अर्ब ८० करोड रुपैयाँ बराबरका ६ हजार ९२२ युनिट भित्रिएका छन्, जसबाट सरकारले ९ अर्ब २१ करोड ८६ लाख रुपैयाँ कर संकलन गरेको छ।

माघमा मात्रै १ हजार ६७ युनिट चार पाङ्ग्रे इभी आयात भएको तथ्यांकमा देखिन्छ।

त्यस्तै, पेट्रोल चल्ने दुई पाङ्ग्रे सवारी १८ अर्ब २२ करोड रुपैयाँ बराबर १ लाख ४२ हजार ७२४ युनिट आयात भएका छन्।

यस अवधिमा २ हजार ७३७ युनिट अटो रिक्सा१७ हजार ४५७ युनिट इन्धन चार पाङ्ग्रे सवारी पनि भित्रिएको छ।

सात महिनामा २० हजार ६१० युनिट ट्याक्टर आयात भइसकेको रिपोर्टमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *