दोलखाका बद्री लामाले एस मनि ट्रान्सफरमार्फत आइएमई सेवा प्रयोग गर्दा टाटा टियागो इभी कार जितेका छन्।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विजेता बद्रीको आमा नरमाया तामाङलाई उक्त इलेक्ट्रिक कार हस्तान्तरण गरेका छन्।
अध्यक्ष ढकालले कार जित्ने बद्रीलाई बधाई दिंदै ग्राहकले आइएमईप्रतिको विश्वासमा धन्यवाद समेत व्यक्त गरे।
आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजनामा बद्री सहभागी भएको बताए।
यसै योजनाअन्तर्गत यसअघि पनि दुई जना भाग्यशाली सेवाग्राहीले आइफोन १६ प्राप्त गरिसकेको जनाएको छ।