कायलाकको कठिन सडक परीक्षण

स्कोडाले आफ्नो नयाँ एसयुभी ‘कायलाक’लाई नेपालका कठिन सडक मार्ग मनांग, ढोरपाटन र तीनजुरे क्षेत्रमा सफल परीक्षण गरेको जनाएको छ।

यी क्षेत्र उकालो–ओरालो, बिग्रिएका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण चुनौतीपूर्ण मानिन्छन्।

वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर कम्पनीले कायलाक नेपाली सडकका दैनिक चुनौती सामना गर्न सक्षम रहेको देखाएको छ।

लामो उकालो, खुकुलो सतह र अनिश्चित सडकका कारण धेरै सवारी साधनलाई गन्तव्यसम्म पुग्न कठिन हुने गरेको छ।

कतिपय अवस्थामा चालकहरूलाई बीच बाटोमै फर्किनुपर्ने अवस्था आउँछ।

तर स्कोडा नेपालका अनुसार परीक्षणका क्रममा कायलाकले बलियो पावर र भरपर्दो ट्र्याक्सनका कारण कठिन उकालोहरू सहजै पार गरेको देखिएको छ।

यी सडक यात्रा केवल भौतिक चुनौती मात्र नभई भावनात्मक अनुभव पनि बने।

मनांगको उचाइ, ढोरपाटनको चिसो वातावरण र तीनजुरेको कुहिरोबीच पनि गाडीले स्थिर नियन्त्रण र आत्मविश्वास दिएको कम्पनीको भनाइ छ।

हालै हिमालय टिभीमा प्रसारित ‘द फ्याब शो’ कार्यक्रममा ट्राभल भ्लगर मनिष रुचालले ढोरपाटन यात्रा अनुभव साझा गर्दै कठिन सडकमा पनि गाडीले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

कम्पनीका अनुसार यी परीक्षणले कायलाक नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त रहेको पुष्टि गरेको छ।

युरोपेली इन्जिनियरिङमा आधारित यस एसयुभीले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र बदलिँदो सडक अवस्थामासमेत निरन्तर प्रदर्शन दिन्छ।

कायलाकको अटोमेटिक भेरियन्टमा प्रयोग गरिएको टर्क कन्भर्टर प्रणालीले सहज गियर परिवर्तन, स्मूथ ड्राइभ र टिकाउपन प्रदान गर्छ।

यसले सहरको ट्राफिकदेखि ठाडो उकालोसम्म आत्मविश्वासपूर्ण ड्राइभ अनुभव दिने कम्पनीको दाबी छ।

‘पावर फर द पिक्स’ नारासहित प्रस्तुत कायलाक नेपालका पहाडी र राजमार्ग दुवैका लागि तयार एसयुभीका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *