दलहरुको पर्यटन घोषणापत्र

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले पर्यटन र उड्डयन क्षेत्रलाई प्राथमिकता दिने घोषणापत्र सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्यटन र नागरिक उड्डयनमा संरचनागत सुधार, विमान मार्ग विस्तार, हिमाली पर्यटन प्रवर्धन र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका योजना अघि सारेको छ।

नेपाली कांग्रेसले नेपालको संस्कृति, धर्म, प्राकृतिक सौन्दर्यलाई विश्वभर चिनाउने, वेलनेस तथा डिजिटल नोम्याड भिषा जस्ता नयाँ कार्यक्रम ल्याउने र पर्यटनलाई रोजगारीसँग जोड्ने प्रतिज्ञा गरेको छ।

नेकपा एमालेले पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउने, पूर्वाधार सुधार गर्ने र उड्डयन सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *