Skip to content
मालढुङ्गादेखि बेनीसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडकलाई फराकिलो बनाउँदै कालोपत्र गरिएको हो, जसले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग सहज रूपमा जोडेको छ।
१३ किलोमिटर लामो सडक निर्माणका लागि २०७७ चैतमा करिब ५२ करोडभन्दा बढी रकममा ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कार्य निर्धारित समयभन्दा ढिला भए पनि अहिले अधिकांश काम सकिएको र बाँकी साना कामहरू अन्तिम चरणमा रहेको आयोजना पक्षले जनाएको छ।
सडक स्तरोन्नतिपछि स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज यात्रा सुविधा भएको छ भने यात्रा समय पनि उल्लेखनीय रूपमा घटेको छ।
स्थानीयले धुलो र हिलोको समस्या हटेकामा खुसी व्यक्त गरेका छन् र यसले क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Post Views: 82