जिल्लामा ३० पुल बने

संघीयता लागू भएपछि जिल्लाका विभिन्न ठाउँमा प्रदेश सरकारले १३ वटा पक्की पुल र १७ वटा झोलुंगे पुल निर्माण गरेको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवाखोला, आरीखोला, वेहेरेखोला, खाल्डे पिखुवाखोला, राउतेखोला, कावा खोला र श्यामखोलामा करोडौं लागतमा पक्की पुल बनेका छन्।

त्यस्तै बंखुवाखोला, गंखुवा खोला, सिक्तेलखोला, एखुवा खोला र चिरखुवा खोलामा पनि पक्की पुल निर्माण सम्पन्न भएको छ।

तामुटारमा ६ करोड ३५ लाख रुपैयाँ लागतको अर्को पुल निर्माण अन्तिम चरणमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *