फोटोन मोटर चीनमा शीर्ष

फोटोन मोटरले चीनको कमर्शियल भेहिकल बजारमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ।

कम्पनीले सन् २०२५ मा विश्वभर ६,५०,००० भन्दा बढी युनिट बिक्री गर्दै चीनमा शीर्ष स्थान सुरक्षित गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि १,६४,५०० भन्दा बढी युनिट बिक्री गरेको फोटोन लगातार १५ वर्षदेखि चीनको कमर्शियल भेहिकल निर्यातमा नेतृत्वमा रहेको छ।

जनवरी २०२६ मा मात्र फोटोनले चीनमा ५५,५५३ युनिट बिक्री गरेको छ भने ओभरसिज बिक्री १५,१०२ युनिट पुगेको छ, जुन २०.२ प्रतिशतले बढेको हो।

नेपालमा पनि एमएडब्लू वृद्धिमार्फत फोटोनको विश्वसनीयता बढ्दैछ।

देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १५६ भन्दा बढी DC फास्ट–चार्जिङ पोइन्टमार्फत ग्राहकहरूलाई सहज इलेक्ट्रिक मोबिलिटी र भरपर्दा सवारी उपलब्ध गराइँदैछ।

फोटोनले आगामी दिनमा मूल्य, विश्वसनीयता र भविष्य–केन्द्रित कमर्शियल समाधानहरू प्रदान गर्ने लक्ष्य कायम राख्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *