बीवाइडी गाडी मूल्य बढ्यो

काठमाडौंमा बीवाइडी (BYD) ब्रान्डका एटो २सिलायन ७ मोडलका गाडीहरूको मूल्य बढाइएको छ।

यो निर्णय बीवाइडीका आधिकारिक डीलर साइमेक्स इंकले सार्वजनिक गरेको हो।

अहिले एटो २ को मूल्य पहिलेको ४३ लाख ९९ हजार बाट १ लाख १ हजारले बढेर ४५ लाख पुगेको छ भने सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार बाट ३ लाख १ हजारले बढेर ७८ लाख कायम गरिएको छ।

कम्पनीले यो नयाँ मूल्य भित्रिने नयाँ गाडीहरूमा लागू हुने जनाएको छ।

साथै, अन्य केही ब्रान्डका विक्रेताहरूले पनि २०२६ मोडलका गाडीमा मूल्य वृद्धि गर्ने तयारी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *