Skip to content
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
निगमले नयाँ मूल्यसूची प्राप्त गरेपछि सोमबार रातिदेखि लागू हुने गरी समायोजन गरेको हो।
पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँ बढेर अब पहिलो श्रेणीमा रु.१५४.५० मा कारोबार हुनेछ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँ बढेर पहिलो श्रेणीमा रु.१३९.५० कायम गरिएको छ।
नयाँ मूल्यअनुसार अन्य श्रेणीमा पनि पेट्रोल, डिजेल र मट्टितेलको बिक्री दर समायोजन गरिएको छ, जसले उपभोक्तालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Views: 344