Skip to content
मुस्ताङको माथिल्लो क्षेत्रमा मंगलबार परेको भारी हिमपातका कारण नेपाल–चीन सीमा स्थित कोरला नाका बन्द भएको छ।
हिमपातले जोमसोम–कोरला सडकमा ठूलो हिउँ जम्दा आयात र निर्यात सबै रोकिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
हिउँका कारण सडक अवरुद्ध हुँदा केही सामग्री ढुवानीका ट्रकहरू भन्सार क्षेत्रमा रोकिएका छन् भने कतिपय सामानलाई फर्काउनुपर्ने स्थिति पनि आएको छ।
अवरोध हटाउन केही दिन लाग्ने सम्भावना रहेको बताइएको छ।
स्थानीय क्षेत्रमा तापक्रम निकै घटेको छ, माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो भागमा माइनस १२ डिग्री जस्तै शीतलहरको अवस्था बनेको छ।
यसले स्थानीय यातायात, भन्सार कामकाज र जनजीवनमा कठिनाइ थपिएको छ।
Post Views: 20