Skip to content
बागलुङमा नयाँ व्यवस्थापनसहित महिन्द्रा एण्ड महेन्द्रा कम्पनीको आधिकारिक सर्भिस सेन्टर प्रज्ञान मोटर्स सञ्चालनमा आएको छ।
यातायात क्षेत्रमा लामो अनुभव भएका चित्रबहादुर केसीले बागलुङ नगरपालिका–१, रामरेखामा सर्भिस सेन्टर स्थापना गरेका हुन्।
करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो सर्भिस सेन्टर महिन्द्राका गाडीलाई लक्षित छ।
यहाँ तालिमप्राप्त प्राविधिकद्वारा गाडी मर्मत सेवा, जेनुन स्पेयर पार्ट्स र ल्युभिकेन्ट्स उपलब्ध गराइनेछ।
आधुनिक प्रविधिमैत्री वातावरणमा छिटो र सहज सेवा दिने लक्ष्य राखिएको छ।
शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महेन्द्रा अप्टर सेल्स कन्ट्री म्यानेजर सोमनाथ धरले गुणस्तरीय र विश्वासिलो सेवा दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।
Post Views: 78