ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु गरेको छ।
यो क्याम्प धरान–१५, दशरथपथमा रहेको बिग फुट फुटसलमा माघ १२ देखि माघ १७, २०८२ (जनवरी २६ देखि ३१, २०२६) सम्म सञ्चालन हुनेछ।
६ दिनसम्म चल्ने यस एक्सचेन्ज क्याम्पमा सबै ब्रान्डका मोटरसाइकल तथा स्कुटर धनीहरूले आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी प्रिमियम ट्रायम्फ मोटरसाइकलमा सजिलै अपग्रेड गर्न सक्नेछन्।
कार्यक्रम ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको हो।
पूर्वी नेपालका मोटरसाइकल पारखीहरूसँग प्रत्यक्ष सम्पर्क बढाउने तथा ट्रायम्फको विश्वस्तरीय प्रदर्शन, डिजाइन र समृद्ध विरासत अनुभव गराउने उद्देश्यले यो क्याम्प आयोजना गरिएको आयोजकले जनाएको छ।
एक्सचेन्ज क्याम्पका प्रमुख विशेषताहरू:
• जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको स्पट एक्सचेन्ज सुविधा
• प्रयोग भइसकेका दुईपाङ्ग्रे सवारीसाधनको प्रतिस्पर्धी र उत्तम मूल्याङ्कन
• न्यून डाउन पेमेन्ट र सहज EMI सहितको फाइनान्स सुविधा
• खरिदअघि ट्रायम्फ मोटरसाइकलको टेस्ट राइड अवसर
• एक्सचेन्जमा रु. १५,००० सम्मको थप मूल्याङ्कन लाभ
• प्रत्येक ट्रायम्फ मोटरसाइकल खरिदमा प्रिमियम हेल्मेट उपहार
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका अनुसार, “अहिलेसम्मको प्रतिक्रिया निकै उत्साहजनक छ।
प्रिमियम मोटरसाइकललाई अझ सुलभ बनाउँदै राइडरहरूलाई सहयोग गर्न पाउँदा हामी उत्साहित छौँ।”
नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै गएको ट्रायम्फले आगामी दिनमा थप ग्राहक–केन्द्रित कार्यक्रमहरू ल्याउने जनाएको छ।
ट्रायम्फको उत्कृष्ट राइड अनुभव लिन इच्छुक ग्राहकहरूलाई एक्सचेन्ज क्याम्पमा सहभागी भई टेस्ट राइड लिन कम्पनीले आग्रह गरेको छ।
थप जानकारीका लागि ट्रायम्फ इटहरी सोरूममा सम्पर्क गर्न वा +९७७ ९७०५०५०२२१ मा फोन गर्न सकिनेछ।
Post Views: 241