बैंकरले सस्तो अटो कर्जा ल्याए

बजारमा तरलता बढेपछि बैंकहरूले सस्तो ब्याजदरमा अटो कर्जा (सवारी कर्जा) उपलब्ध गराउन नयाँ योजनाहरू ल्याएका छन्।

बैंकरहरूले भनेका छन् कि अटो कर्जा अन्य कर्जाभन्दा जोखिम कम हुने भएकाले बैंकहरूले न्यून ब्याजदरमा स्किम घोषणा गरेका हुन्।

नेपाल बैंकले ५.५६% ब्याजदरमा अटो कर्जा दिइरहेको छ भने नबिलले ६.०४%, ग्लोबल आइएमईले ६.२४% जस्ता दरमा कर्जा उपलब्ध गराइरहेका छन्।

केही बैंकले स्थिर ब्याजदर र केहीले फ्लोटिङ (परिवर्तनशील) ब्याजदर पनि राखेका हुन्।

यसले ग्राहकको चासो बढाएको छ र बैंकहरूले अटो सँगै होम, बिजनेस र एसएमई कर्जा पनि सस्तो बनाइ दिंदै कर्जा प्रवाह बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *