सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच सम्झौता भएपछि बैंकका ग्राहकहरूले विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट र केबल कारमा भुक्तानी गर्दा १०% सम्म छुट पाउने भएका छन्।
सम्झौताको सूचीमा लाजिम्पाटको ‘ले हिमालय’, ‘साके एण्ड फेङ्ग’ रेस्टुरेन्ट, हर्कपुर र बागलुङको ‘इला कम्फर्ट’, मौलाकालीको ‘इला रिसोर्ट्स’, लुम्बिनी र पोखराको केबल कार र ‘द् लेक रिट्रिट’ समावेश छन्।
बैंकले यो कदमले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन दिने विश्वास लिएको जनाएको छ।
थप जानकारीका लागि ग्राहकहरूले २४ घण्टा सञ्चालन हुने ‘सिद्धार्थ केयर’ सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।