सवारीसाधनको ग्राउन्ड क्लियरेन्स कम हुँदा सडकमा ठोक्किने, स्पिड ब्रेकरमा छुने र खराब बाटोमा हल्लिने समस्या बढेपछि रोजरएब (Rogerab) नामको आफ्टर–मार्केट एसेसरिजको माग तीव्र रूपमा बढेको छ।
रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको यो उत्पादनले ग्राउन्ड क्लियरेन्स बढाएर कच्ची र रफ सडकमा पनि सहज ड्राइभिङ अनुभव दिने दाबी गरिएको छ।
कम्पनीका अनुसार रोजरएब हाई–ग्रेड सिलिकनबाट बनेको सर्टिफाइड उत्पादन हो र यसमा पाँच वर्षको ग्यारेन्टी दिइन्छ।
गाडीको चारवटै सस्पेन्सन क्वाइलमा करिब ३० मिनेटमै जडान गर्न सकिने यस उपकरणले अन्य पार्ट्समा नकारात्मक असर नपार्ने बताइएको छ। पाँच वर्षभित्र समस्या आएमा प्रतिस्थापनको सुविधा समेत उपलब्ध छ।
रोजरएब जडान गरेपछि ग्राउन्ड क्लियरेन्स १ देखि १.५ इन्चसम्म बढ्ने, जसले सडकमा ठोक्किने र स्पिड ब्रेकरमा छुने समस्या घटाउने कम्पनीको भनाइ छ।
साथै खराब र अफरोड बाटोमा हुने हल्लिने र जर्क हुने समस्या कम हुने, सस्पेन्सन सुरक्षित रहने र ह्यान्डलिङमा सुधार आउने दाबी गरिएको छ।
यो उत्पादन भारतको रोज कम्पनीले बनाएको प्याटेन्टेड प्रोडक्ट हो, जसको नक्कल गर्न नपाइने कम्पनीले जनाएको छ।
भारतसहित अन्य देशमा निर्यात भइरहेको यो उत्पादन नेपालमा पनि सफल रूपमा प्रयोग भइरहेको छ र डिलर नेटवर्क विस्तार भइरहेको बताइएको छ।
ग्राउन्ड क्लियरेन्स कम भएका गाडी मात्र होइन, कम्फर्ट बढाउन चाहने सबै प्रकारका लाइट प्यासेन्जर भेइकलमा रोजरएब जडान गर्न सकिन्छ।
यो सात फरक साइजमा उपलब्ध छ र ३० दिनको ‘वाइ–ब्याक’ वारेन्टी पनि दिइन्छ।
विशेषगरी EV मा ब्याट्री तलतिर हुने भएकाले रोजरएब अझ उपयोगी हुने दाबी गरिएको छ। हाल टोयोटाको आधिकारिक सर्भिस सेन्टरले समेत यसको प्रयोग सुरु गरिसकेको कम्पनीले जनाएको छ।
Post Views: 157