डिपल ई०७ एसयूभी नेपालमा

काठमाडौंमा डिपलको नयाँ विद्युतीय एसयूभी ई०७ सार्वजनिक गरिएको छ।

यो अत्याधुनिक एअर सस्पेन्सन प्रणाली सहितको गाडी एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको हो।

सार्वजनिक कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारिया ले नयाँ मोडललाई सबैभन्दा उन्नत र अपग्रेडेड इलेक्ट्रिक एसयूभी भएको बताइयो।

ई०७ मा कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (CDC) सहितको एअर सस्पेन्सन छ, जसले सडकको अवस्था अनुसार गाडीको ग्राउन्ड क्लियरन्स २२३ मिमीसम्म समायोजन गर्छ।

उच्‍च गतिमा यसको ग्राउन्ड क्लियरन्स स्वचालित रूपमा कम भएर गाडीलाई अझ स्थिर बनाउने सुविधा पनि छ।

गाडीमा हिटिङ, भेन्टिलेटेड र वेलकमिङ सुविधासहितका लक्जरी सिटहरू, जिरो ग्राभिटी रिल्याक्सेसन मोड जस्ता आरामदायी फिचरहरू छन्।

यसको ८९.९८ kWh ब्याट्ररी ले एक पटक चार्जमा ५९० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ।

नयाँ ई०७ सेतो, कालो, र ग्रे रंगमा उपलब्ध छ र यसको मूल्य लगभग रु. १ करोड ९ लाख ९९ हजार तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *