चितवनमा डोङफेङ ईभी उत्सव

एमएडब्लु वृद्धिले चितवनमा डोङफेङ इलेक्ट्रिक सवारी साधनको १०० भन्दा बढी गाडीको उपलब्धि उत्सवस्वरूप “नामी सेलिब्रेशन ड्राइभ” आयोजना गरेको छ।

यस कार्यक्रमले ग्राहक विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण, र चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई देखाएको छ।

उक्त ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारी साधनको सहभागिता रहेको थियो।

कार्यक्रम भरतपुरको चितवन बिजनेस कम्प्लेक्सबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बस पार्क, सौराहा चोक र चित्रसरी पुल हुँदै होटल सेभेन स्टार, सौराहामा सम्पन्न भयो।

कार्यक्रम एमएडब्लु वृद्धिका वरिष्ठ नेतृत्व र युरो अटोमोटिभ्स प्रा. लि. का प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरिएको थियो।

ड्राइभलाई जीवनशैली–केन्द्रित अनुभवका रूपमा तयार पारिएको थियो, जहाँ सहभागीहरूका लागि खाना, संगीत, खेलकुद र अन्तरक्रियात्मक गतिविधिहरूको व्यवस्था गरिएको थियो।

एमएडब्लु वृद्धिले २७ देखि २९ पौषसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने योजना बनाएको छ।

यस क्याम्पमा चितवनका ग्राहकहरूले नामी सवारी साधनको प्रत्यक्ष अनुभव लिन सक्नेछन्, साथै नगद छुट, निःशुल्क चार्जिङ समाधान, अटो प्लस बीमा, पुराना सवारी साधनको मूल्याङ्कन र निश्चित उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

यस पहलले डोङफेङ नेपालको ग्राहक समुदाय निर्माण गर्ने र विद्युतीय मोबिलिटीलाई सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *