दाउन्ने सडक प्रयोग सीमित

सडक विभागले बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा आवश्यकबाहेकका सवारीसाधन नचलाउन अनुरोध गरेको छ।

तीन दिनदेखि यहाँ अत्यधिक चिसोका कारण सडक सतह चिप्लो भएको छ र साना–ठूला सवारीसाधन अड्किन वा बिग्रिन सक्ने खतरा छ।

निर्माणाधीन सडकमा रिजिट पेभमेन्ट र कल्भर्ट निर्माण भइरहेको हुँदा केही स्थानमा एकतर्फी सवारी आवागमन भइरहेको छ।

भारी चिसोका कारण एकतर्फी सडकमा यात्रा कठिन भइरहेको जनाएको छ र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *