राप्ती यातायातमा ज्वइलोङ्गको इभि गाडी

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले एकै दिनमा ज्वइलोङ्गका १७ सिटर १० वटा सुबिधा सम्पन्न इभि गाडी भित्र्याएको छ ।

भिजी मोटर्सका उत्पादक प्रमुख श्याम पट्टेल प्रालिका अध्यक्ष सुरेश हमाल लगाएत अन्य पदाधिकारी र व्यवसायीलाई गाडीको चावी हस्तान्तरण गर्दै गाडीको जिम्मा दिनु भएको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक प्रज्वल ठकुराठीको स्वागत मन्तव्यबाट सुरु भएको गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष हमालले व्यवसायीक सफलताको शुभकामना दिदै व्यवसायीहरुलाई यात्रुको मन जित्ने बाताबरण निर्माण गर्न अनुरोध गर्नु भएको थियो ।

सुबिधा सम्पन्न १७ सिटर इभि गाडी हस्तान्तरण कार्यक्रममा प्रालिका प्रवन्धक पुष्कर धिताल, प्रशासनिक सचीव नारायण न्यौपाने लगाएत अन्य पदाधिकारी, सल्लाहकार, ट्राफिक प्रहरी प्रमुख, व्यवसायी र कम्पनीका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

आफ्नो कम्पनीका गाडीहरु स्तरीय, सुबिधाजनक र आकर्षक रहेको कम्पनीका Sales Officer प्रविन भण्डारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *