मेगा मोटर्सलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ। प्रमुख चिनियाँ विद्युतीय सवारी निर्माता कामाले आयोजना गरेको वार्षिक वितरण सम्मेलनमा नेपालको मेगा मोटर्स प्रा. लि. लाई “अन्तर्राष्ट्रिय आउटस्ट्यान्डिङ डिष्ट्रिब्युटर अवार्ड” प्रदान गरिएको छ।

यो सम्मान चीनबाहेक विश्वका ३० भन्दा बढी देशका वितरकहरूबीच उत्कृष्ट प्रदर्शनका आधारमा प्रदान गरिएको हो।

कामाको विश्वव्यापी नेटवर्कमा नेपाललाई महत्वपूर्ण बजारका रूपमा लिइएको छ।

मेगा मोटर्सले नेपालमा कामा ब्रान्डका इलेक्ट्रिक पिकअप र भ्यान सफलतापूर्वक स्थापित गरेको, बजार विस्तार गरेको र गुणस्तरीय सेवा प्रदान गरेको भन्दै निर्माता कम्पनीले प्रशंसा गरेको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षको अवधिमा ३०० भन्दा बढी विद्युतीय सवारी बिक्री गरिएको छ।

कामा कम्पनीले वितरकहरूको बिक्री प्रदर्शन, बजार विकास र ग्राहक सेवा मूल्यांकन गरी यो अवार्ड प्रदान गर्ने गरेको छ।

मेगा मोटर्सले नेपालमा कामा सवारीको बिक्री, सेवा तथा आवश्यक सहायक पूर्वाधार निर्माणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

यस उपलब्धिले नेपालमा विद्युतीय सवारी क्षेत्रलाई थप मजबुत बनाउने र हरित यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

मेगा मोटर्स प्रा. लि. बारेमा:
मेगा मोटर्स नेपालमा विद्युतीय सवारीको अग्रणी वितरक कम्पनी हो। कम्पनीले कामा ब्रान्डका इलेक्ट्रिक पिकअप, भ्यान तथा अन्य व्यावसायिक सवारीको बिक्री र सेवा प्रदान गर्दै आएको छ।

कामा इन्क. बारेमा:
कामा एक अग्रणी चिनियाँ विद्युतीय सवारी निर्माता हो, जसले व्यावसायिक तथा युटिलिटी सवारी उत्पादन गर्छ।

कम्पनीले इलेक्ट्रिक पिकअप, भ्यान र हल्का ट्रकमार्फत एशिया, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *