इनड्राइभ कन्टेन्टमा सतर्कता

पछिल्लो समय टिकटकमा इनड्राइभसँग सम्बन्धित केही कन्टेन्ट भाइरल भइरहेका बेला कम्पनीकी प्रतिनिधि रिता पोखरेलले आफ्ना धारणा सार्वजनिक गरेकी छन्।

पोखरेलले सामाजिक सञ्जालमा देखिने सामग्रीको आधारमा कुनै पनि जानकारीलाई सत्य ठान्नु उपयुक्त नहुने बताइन्।

उनले सामग्रीलाई तथ्य र वास्तविकताको आधारमा बुझ्नुपर्ने आवश्यकताको जोड दिइन्।

उनका अनुसार, इनड्राइभ प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षा र अनुभव कम्पनीको उच्च प्राथमिकता हो।

केही भिडियो वा पोस्टले घटनालाई अपूर्ण वा भ्रामक रूपमा देखाउन सक्ने भएकाले कम्पनीको आधिकारिक सूचना र स्पष्टिकरणलाई महत्व दिनु जरूरी रहेको उनले स्पष्ट पारेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *