नेपाल आयल निगमले टेन्डर आह्वान

नेपाल आयल निगमले आफ्नो इआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) सफ्टवेयर संचालन लाइसेन्सका लागि टेन्डर आह्वान गरेको छ।

पहिले काम गरिरहेको कम्पनीसँगको सम्झौता सकिएपछि नयाँ लाइसेन्सका लागि यो प्रक्रिया अगाडि बढाइएको हो।

निगमले २०७८ सालदेखि इआरपी प्रणाली प्रयोग गर्दै आएको छ, जसले लेखा, खरिद, बिक्री, भण्डारण र कर्मचारी व्यवस्थापनजस्ता कामहरू एकै सिस्टमबाट सजिलै चलाउन मद्दत गर्छ।

यस प्रणाली लागू गर्न निगमले ठूलो रकम खर्च गरिसकेको छ र अब संचालनका लागि योग्य कम्पनीहरूलाई आवेदन दिन बोलाइएको छ।

नयाँ सेवा प्रदायक छनोट गरी इआरपी प्रणालीलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *