नेपालका लागि दीपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा नयाँ शोरुम उद्घाटन गरेको छ।
शोरुम उद्घाटनमा नाडा एशोसिएशन बाँकेका अध्यक्ष, एमएडब्लु ग्रुपका उपाध्यक्ष, सीईओहरू र अटोमोटिभ क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।
नयाँ शोरुमले ग्राहकलाई डोङफेङ र दीपलका पछिल्ला विद्युतीय सवारी साधनहरूको अनुभव प्रदान गर्नेछ। यहाँ ग्राहकले सवारी साधन नजिकबाट हेर्न, जानकारी लिन र टेस्ट ड्राइभ गर्न सक्नेछन्।
उद्घाटनको अवसरमा टेस्ट ड्राइभ क्याम्पस पनि आयोजना गरिएको छ, जहाँ ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क चार्जर, बीमा र उपहार सहितको सुविधा पाउनेछन्।