कपन जेसिसको वर्ष २०२६ को अध्यक्षमा जेसी दिपक थापा निर्वाचित भएका छन् । १५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट थापा र्निविरोध अध्यक्षमा चयन भएका हुन ।
वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्षमा जेसी उमेश सेन्चुरी र जेसी रामकुमार महतो चयन भएका छन् ।
महासचिवमा जेसी उत्तमकुमार खड्का, कोषाध्यक्षमा जेसी दिपक खत्री चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षहरुमा जेसी मनोज थापा, जेसी पुरुषोत्तम कडेल, जेसी वाङ छिरिङ भोटे, जेसी गणेश उपाध्याय, जीएलसीमा विश्वबल्लव नेपाल चयन भएका छन् । सहसचिवमा जेसी डिनेल भोटे, सहकोषाध्यक्षमा जेसी गेचाव भोटे चयन भएका छन् ।
त्यसैगरी ट्रेनिङ निर्देशकमा जेसी आकाश लिङ्बो, कार्यक्रम निर्देशकमा श्रीवास्तव तिमल्सिना, फण्ड राइजिङ निर्देशकमा मिलन भोटे चयन भएका छन् ।
कपनको जोशेफ स्कुलमा आइतबार भएको अधिवेशनले वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
जेवी दिपक अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष थापाले सबैको साथ सहयोगले युवा लक्षित उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता जनाए ।