Skip to content
नेपाली बजारमा प्रवेश गरेका दुई इलेक्ट्रिक एसयूभी—ओमोडा ई–फाइभ र दीपल एस०७—छोटो समयमा नै उच्च आयात संख्या हासिल गरेका छन्।
भन्सार तथ्यांकअनुसार, ओमोडा ई–फाइभ ९१३ युनिट र दीपल एस०७ ९५४ युनिट आयात भइसकेका छन्।
दुवै मोडेलले प्रारम्भिक चरणमै राम्रो बजार प्रतिक्रिया पाएका छन्।
दीपलले एस०७को आइसीए भर्सन ल्याएको छ भने ओमोडा ई–फाइभ सुरुको मोडेलमा बिक्री भइरहेको छ।
मूल्य, डिजाइन, साइज र ब्याट्री टेक्नोलोजीमा भिन्नता भए पनि दुवै मोडेल समान रेंज र मोटर पावरका कारण समान वर्गका ग्राहक आकर्षित गरिरहेका छन्।
सुरुवाती मूल्य ओमोडा ६० लाख र दीपल ७२ लाख राखिएको थियो, हाल दुवै मूल्य कममा उपलब्ध छन्।
Post Views: 188