मुग्लिन–पोखरा सडक मर्मत सुरु

मुग्लिन–पोखरा सडकखण्डको तनहुँ, व्यास–३ दुर्गा मन्दिर नजिक भाँचिएको सडक करिब चार महिनापछि मर्मत थालिएको छ।

दुई लेनको सडकलाई अस्थायी संरचना बनाएर चार लेन बनाइएको थियो। तर अस्थायी दुई लेन क्षेत्रमा सवारी चाप बढेपछि सडक साउन अन्त्यतिर भासिएको थियो।

अब करिब १०० मिटर भासिएको भागमा कालोपत्र हटाएर पुनः मर्मत सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। त्यहाँ हाल सवारी एउटा लेनबाट मात्रै चलाइन्छ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्ड (जामुने–आँबुखैरेनी) ४१.५ किमी चार लेनमा कालोपत्र पूरा भइसकेको छ।
यो खण्डको काम २०७८ वैशाखदेखि सुरु भएको हो र ६ अर्ब २१ करोड रुपैयाँमा चाइनाको कम्पनीले ठेक्का पाएको हो।

सवारी चाप बढेपछि एडीबीको ऋण सहयोगमा यो सडक चार लेनमा विस्तार गरिँदै आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *