नोभेम्बर महिनामा लिपमोटरले ७०,३२७ सवारी साधन ग्राहकलाई वितरण गर्दै आफ्नो नयाँ मासिक रेकर्ड बनाएको छ।
यससँगै कम्पनीले लगातार सात महिनासम्म बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ।
नोभेम्बरको वितरण गत वर्षको तुलनामा ७५% ले बढेर जनवरीदेखि नोभेम्बरसम्मको कुल वितरण ५,३६,१३२ युनिट पुगेको छ, जुन गत वर्षभन्दा ११३% बढी हो।
लिपमोटरले २०२५ को सुरुआतमा राखिएको ५ लाख युनिट वितरण लक्ष्य पहिले नै पार गरिसकेको छ।
अब यस वर्षको नयाँ लक्ष्य ५८०,००० देखि ६५०,००० युनिटसम्म तोकिएको छ।
कम्पनीले २०२६ सम्म वार्षिक १० लाख युनिट बेच्ने लक्ष्य राखेको छ।
यो उत्कृष्ट बिक्री प्रदर्शनमा कम्पनीका नयाँ मोडेल– Lafa 5 इलेक्ट्रिक ह्याचब्याक, A10 कम्प्याक्ट इलेक्ट्रिक SUV र ८० kWh ब्याट्रीसहितको फ्ल्यागशिप D19 SUV ले महत्वपूर्ण भूमिका खेलेका छन्।
लिपमोटरले डिसेम्बर २८ मा आफ्नो १०औँ वार्षिकोत्सव मनाउँदै नेपालसहित विश्वभर उच्च गुणस्तरका, उन्नत र प्रभावकारी इभि सवारी साधनहरू निरन्तर बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।