ईभी स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

ईभी स्कुटरको कुल मूल्यमा ब्याट्रीको अंश सबैभन्दा ठूलो हुन्छ।

नेपालमा लिथियम आयन ब्याट्री प्रयोग भएका अधिकांश स्कुटरमा कम्पनीले २ देखि ५ वर्षको वारेन्टी मात्र दिने गरेका छन्।

यो वारेन्टीको अवधि सकिएपछि ब्याट्रीको क्षमता विस्तारै घट्दै जान्छ। सामान्य प्रयोगमा पनि पाँच वर्षपछि ब्याट्रीले पहिलेको तुलनामा ४० प्रतिशतसम्म कम माइलेज दिन थाल्छ।

नेपालमा दुई पांग्रे ईभी स्कुटर बिक्री गर्दै आएको लुयान स्कुटरको आधिकारिक बिक्रेता जेरो एमिसन राइड एनका प्रतिनिधि शंकर शर्मा पहिलेको १८ महिनादेखि ३ वर्षसम्म स्कुटरमा प्रयोग गरिएको ब्याट्रमा वारेन्टी हुनेमा अहिले ५ वर्षसम्मको वारेन्टी पाउने बताउँछन्।

‘सुरुमा आएको ब्याट्रीमा १८ महिनादेखि ३ वर्षसम्म वारेन्टी दिएको हुन्थ्यो,’ शर्मा भन्छन्, ‘अहिले ब्याट्रीमा पाँच वर्ष वा कुनैमा सात वर्षसम्मको वारेन्टी दिएको हुन्छ।’

स्कुटरमा सबैभन्दा महँगो पार्ट ब्याट्री भएकाले यो परिवर्तन गर्न नयाँ स्कुटरको आधा पैसा लाग्ने उनको भनाइ छ।

यदि, दुई लाख ५० हजार रुपैयाँको स्कुटर खरिद गरेर पाँच वर्षपछि ब्याट्री फेर्न १ लाख रुपैयाँ लाग्छ भने नयाँ खरिदकर्ताका लागि त्यो स्कुटरको रिसेल भ्यालु १ लाख ५० हजारभन्दा कममा झर्छ।

नयाँ ब्याट्रीको उच्च लागत र पुरानो ब्याट्रीको घट्दो आयुका कारण सेकेन्ड ह्यान्ड बजारमा ईभी खरिदकर्ता जोखिम मोल्न चाहँदैनन्। उनीहरूले ५० हजार वा १ लाख थपेर नयाँ वारेन्टी भएको स्कुटर किन्न सुरक्षित मान्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *