उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारेमा एक बोलेरो जीप खस्दा चालकको मृत्यु भएको छ। काठमाडौँबाट ताप्ली गाउँपालिकातर्फ रिजर्भमा गइरहेको ना.१ज ५८१२ नम्बरको बोलेरो १३ मंसिरदेखि बेपत्ता थियो।
प्रहरीले खोजतलास गर्दा जीप भिरबाट खसेको अवस्थामा भेटियो र चालक, ललितपुर महालक्ष्मी–९ का ३४ वर्षीय दीपेन्द्र केसीको शव फेला पर्यो।
परिवारले शवको सनाखत गरिसकेपछि कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। रातिको समयमा जीप ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान छ।