पोखरामा TVS का अधिकृत बिक्रेता स्क्वायर्स मोटर्स ले Apache RTR 160 2V FI र Raider iGo मोडलको बिक्री सुरू गरेका छन्।
दुवै मोटरसाइकलको मूल्य क्रमशः रु ३,४४,९०० र रु ३,०९,९०० तोकिएको छ।
Apache RTR 160 2V FI मा डुअल डिस्क, ABS, कनेक्टेड डिजिटल क्लस्टर, LED हेडलाइट र तीनवटा राइड मोड जस्ता फिचर छन्। यसको १५९.७ सीसी FI इन्जिनले १६.४ PS पावर दिन्छ।
युवा लक्षित Raider iGo मा १२४.८ सीसी थ्री–भी इन्जिन, बुस्ट मोड, TFT डिस्प्ले, नेभिगेसन, भ्वाइस असिस्ट र स्टार्ट–स्टप सिस्टम जस्ता आधुनिक सुविधा छन्।
स्क्वायर्स मोटर्सका निर्देशक विनोज पोटेले यी मोडलहरूले पोखराका राइडरलाई नयाँ र रोमाञ्चक अनुभव दिने बताएका छन्।