बिवाइडी एक्सचेन्ज मेला सुरू

बिवाइडीले ग्राहकहरूसाठी आकर्षक अफरसहित ‘कार एक्सचेन्ज मेला’ आयोजना गर्न लागेको छ।

मेला मंसिर ३ देखि ५ गतेसम्म नक्सालस्थित अम्रपाली बैंक्वेटमा हुनेछ।

नयाँ प्रविधियुक्त ईभीप्रति बढ्दो चासोलाई ध्यानमा राखेर यो योजना ल्याइएको बिवाइडीले जनाएको छ।

मेलामा पुरानो गाडी साट्ने ग्राहकले क्यास बेनिफिट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, फ्री एक्सेसरीज र चार्जर, १० वर्षसम्म एप कनेक्सन, विस्तारित वारेन्टी तथा फ्री रोड ट्याक्सजस्ता सुविधा पाउनेछन्।

यससँगै, मेलामा सहभागीमध्येबाट चीन भ्रमणका लागि ‘लक्की ड्र’ विजेता पनि छनोट गरिनेछ।

कम्पनीले पुरानो गाडी छाडेर आधुनिक र वातावरणमैत्री ईभी मोडल रोज्न सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *