Skip to content
सडक डिभिजन कार्यालय चरिकोटले मेलम्ची खानेपानी विकास समितिको मुहान क्षेत्रतर्फ जाने सडक सुधारका लागि टेन्डर आह्वान गरेको छ।
मेलम्ची–अम्बाथान–घ्याङ सडकखण्डको करिब १७ किलोमिटर लम्बाइको सडक स्तरोन्नति गर्न यहि आ.व. भित्र काम सुरु गर्ने तयारी भएको डिभिजन कार्यालयले जनाएको छ।
यो सडक खण्ड मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसम्म पुग्ने मुख्य मार्ग भएकाले यसको स्तरोन्नति कार्य अत्यावश्यक मानिएको हो।
हाल सडक साँघुरो र जीर्ण भएकाले मेलम्ची परियोजनासँग सम्बन्धित सवारी साधन तथा सामग्री ढुवानीमा समस्या आइरहेको छ।
डिभिजन कार्यालयले स्तरोन्नति कार्य गुणस्तरीय र दिगो बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक टेन्डर प्रक्रिया सुरू गरेको बताएको छ।
यस परियोजनामा नाली, पक्की ढलान, सडक फराकिलो बनाउने र आवश्यक सुरक्षात्मक संरचना निर्माणजस्ता काम समावेश हुनेछन्।
मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन स्थायित्व र सहज पहुँच सुनिश्चित गर्न यो परियोजना महत्वपूर्ण हुने सरकारी अधिकारीहरूले बताएका छन्।
Post Views: 80