१४ वर्षमा पनि नबनेको कमला पुल

सिराहास्थित कमला नदीमा पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले ३ वर्षमै बनाउने ठेक्का पाएको पुल १४ वर्ष बित्दा पनि बनेको छैन।

०७८ सालमा अन्तिम चरणमा पुगेको पुल सञ्चालनमा आउनुअघि नै भासिएपछि काम रोकिएको हो। त्यसपछि पनि चार वर्ष बितिसक्दा पुल अलपत्र छ।

२४ करोड ९० लाख मूल्यको उक्त ठेक्काबाट ठेकेदारले ९३ प्रतिशत काम गरे पनि पुल प्रयोगयोग्य छैन।

पुल नहुँदा सिराहा र धनुषाका बासिन्दा जनकपुर जान ९० किलोमिटर फन्को मार्न बाध्य छन्।

हिउँदमा अस्थायी बाँसको पुल र बर्खामा डुंगाको भरमा आवतजावत गर्नुपर्छ।

स्थानीयले भासिएको पुल मर्मत होइन, नयाँ पुल बनाउन माग गर्दै आन्दोलन र आमरण अनशनसम्म गरेका छन्।

सरकारले भने हालसम्म ठोस कदम चाल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *