मोटरसाइकल ठक्करमा वृद्धको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मोटरसाइकलको ठक्करबाट ७१ वर्षीय खडकबहादुर घलानको मृत्यु भएको छ।

साँझ करिब ६ बजे मदन भण्डारी लोकमार्गमा बा५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री घलानलाई ठक्कर दिएको थियो।

टाउको र अनुहारमा गम्भीर चोट लागेका घलानको उपचारका क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक २५ वर्षीय देवराज विक र पछाडि सवार २० वर्षीय देवराज धानुकी दुवैलाई सामान्य चोट लागेको छ।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिई अझै अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *