Skip to content
भारतको राजधानी नयाँदिल्लीको लालकिल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।
विस्फोट हुन्डाईको आई–२० कारमा भएको हो, जसमा हरियाणा नम्बरप्लेट थियो।
घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, एफएसएल र एनआइए लगायतका निकायहरूले अनुसन्धान सुरु गरेका छन्।
दिल्लीका प्रहरी प्रमुख सतिश गोल्छाले गृहमन्त्री अमित शाहलाई घटनाबारे जानकारी दिएका छन्।
तर, यो आतंकवादी हमला हो कि होइन भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।
प्रहरीका अनुसार कार रोकिएको अवस्थामा विस्फोट हुँदा वरपरका गाडीहरू पनि क्षतिग्रस्त भएका छन्।
कारका मालिक मोहम्मद सलमानलाई पक्राउ गरी सोधपुछ भइरहेको छ, जसले कार अरू व्यक्तिलाई बेचिसकेको बताएका छन्।
२४ घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ।
गृहमन्त्री शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता अस्पताल पुगेका छन्।
घटनापछि दिल्लीसहित भारतका सीमावर्ती राज्यहरूमा सुरक्षा सतर्कता बढाइएको छ।
अमेरिका, फ्रान्सलगायत देशका दूतावासहरूले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
भारतीय गृहमन्त्री शाहले घटनाको सम्पूर्ण कोणबाट अनुसन्धान भइरहेको बताए।
दिल्लीस्थित नेपाली दूतावासले घटनामा कुनै नेपाली नागरिक परेन भनेको छ।
Post Views: 125