Skip to content
देशका ४२ मध्ये ३८ यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा पुनः सुचारु भएको छ।
यातायात व्यवस्था विभागले भदौ २४ गतेको आन्दोलनपछि क्षति पुगेको सर्भर मर्मत गरी अनलाइन प्रणाली पुनः सञ्चालनमा ल्याएपछि सेवा पुनः सुरू भएको हो।
आन्दोलनका क्रममा विभागमा आगजनी र तोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भर बिग्रिएकाले करिब २ महिनादेखि लाइसेन्स सेवा बन्द भएको थियो।
हाल हेटौंडा, पोखरा, चौरजहारी र सुर्खेत यातायात कार्यालयमा मात्रै सेवा सुरू हुन बाँकी छ।
Post Views: 231