बिर्तामोडमा इलेक्ट्रिक टेस्ट ड्राइभ

बिर्तामोडमा नयाँ दीपल र नामी शोरुम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले चार दिनसम्म टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्दैछ।

कार्यक्रममा आगन्तुकहरूले दीपल, नामी, SERES र Avatr का अत्याधुनिक इलेक्ट्रिक सवारीसाधन अनुभव गर्न पाउनेछन्।

यस अवसरमा ह्युमानोइड रोबोटहरूसँग अन्तरक्रिया गर्ने अवसर पनि रहनेछ।

टेस्ट ड्राइभमा हालै सम्पन्न नाडा अटो शोका दीपल S05 र नामी भिगो समेत समावेश छन्।

कार्यक्रममा पुराना सवारी एक्सचेन्जमा विशेष बोनस, नगद छुट, निःशुल्क एसेसरिज र टेस्ट ड्राइभ सहभागीलाई उपहार प्रदान गरिनेछ।

यो क्याम्प इलेक्ट्रिक सवारीसाधनप्रतिको उत्साह र भविष्यको मोबिलिटी अनुभव गर्ने उत्कृष्ट अवसर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *