चार ठेकेदारको लापरबाहीले सडक योजना रोकिए

नेपालगञ्ज सडक डिभिजनअन्तर्गतका चार ठेकेदार कम्पनीको लापरबाहीका कारण रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गका निर्माण योजना अलपत्र परेका छन्।

सडक डिभिजनका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार तोकिएको समयमा काम नगर्दा कोहलपुर–कर्णाली खण्ड र रत्न राजमार्गका देउराली–हर्रे, हातीसार–हर्रे र राँझा–कोहलपुर खण्डमा मर्मत, नाली, साइड ड्रेन र ट्राफिक सुरक्षा कार्य अघि बढ्न सकेका छैनन्।

योजना समयमा सम्पन्न नगरेका बाँकेको एसएस निर्माण सेवा, मुगुको गगन निर्माण सेवा, जाजरकोटको थापा कन्स्ट्रक्सन सेवा र चितवनको सविक निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने तयारी भइरहेको छ।

सडक डिभिजनले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमा नमान्ने कम्पनीहरूसँग स्पष्टीकरण मागेको छ।

प्रमुख भट्टका अनुसार स्पष्टीकरणपछि आवश्यक परे ठेकेदारविरुद्ध कडा कारबाही गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *