भीम सुवेदी – निवर्तमान सचिव, चितवन अटाेमाेबाईल्स एसोसिएसन
कार्तिक २२ गते चितवन अटाेमाेबाईल्स एसोसिएसनकाेे चुनाव हुन गइरहेकाे छ । यससँग सम्बन्धित र सबै यसैकाे प्रचारप्रसारमा व्यस्त भइरहेका छन् ।
पूर्वअध्यक्षहरू नै दुई भागमा बाँडिदा फरक फरक विचार / धारणाहरू आइरहेका छन् ।
१. चितवनमा अहिले चुनावी माहाेल के – कस्ताे छ ?
– चुनावी माहाेल अहिले एकदम गतिशील रूपमा अगाडि बढिरहेकाे अवस्था छ । यसपालि चुनावमा दुई पक्षधर उठेका छन् ।
२. दुई पक्षधरकाे विचार धारणाका साथै गतिविधि के कस्ता रहेका छन् ?
– एउटा पक्ष संस्थापक हाै भन्दै पूर्व अध्यक्षहरू नै दुई मतमा अडिग रहेका छन् । जसले गर्दा संस्थापन पक्ष भन्न अप्ठ्यारो हुने देखिएकाे छ । विचारहरू पनि दुई भागमा विभाजन गरिएकाे छ ।
एक पक्षकाे भने हामी पुरानाका साथै ठुला व्यवसायी पनि भएकाे दाबी गर्दै आएका छन् । त अर्काे पक्षले युवापिढी अगाडि लिएर अगाडि बढिराखेका छन् ।
३. चुनावमा बढि सक्रियता कसकाे छ ?
– चुनावमा बढी सक्रियता युवा वर्गले गरिराखेका छन् । वर्तमान परिवेशमा पनि बजारमा नयाँ युवा पिढीकाे नै बाहुल्यता देखिन्छ ।
४. वर्तमान अवस्थामा पनि चुनाव जित्नका लागि भाषण र नाराका साथै आश्वासन देखाएर काम नगर्ने पनि हुन्छन् । के क्षेत्रमा पनि छ ?
– पहिला पहिला चुनाव जित्नका लागि मात्र झुठाे आश्वासन देखाएर जितेपछि बेवास्ता गर्ने चलन पनि थियाे । तर अचेल काम र गतिविधिहरू सही रूपमा अघि बढिरहेकाे छ ।
५. अटाेमाेबाइल्सकाे मागहरूमा नयाँ मात्रै अघि सारिएकाे छ कि पुराना पनि सामेल गरिएकाे छ, के छ माग ?
– अटाेमाेबाइल्सकाे मागहरू सबै नयाँ नै अघि सारिएको छ । यसमा संस्थाकाे आफ्नाे छुट्टै भवन हुनुपर्याे । सूचनाहरू सबै सदस्यदेखि अन्य अटाेमाेबाइल्ससँग सम्बन्धित राख्नेहरूले जानकारी पाउनुपर्याे भन्ने जस्ता मागहरू रहेका छन् ।
– गीताञ्जली अधिकारी, चितवन
Post Views: 595