थाई एयरवेजले नेपालमा पहिलोपटक थ्री–क्लास (तीन वर्गीय) सुविधासहित नयाँ एयरबस विमान संचालनमा ल्याएको छ। असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा सेवा सुरु भएको छ।
यो नयाँ विमानले २६४ यात्रु समाउन सक्छ। यसमा ३१ प्रिमियम इकोनोमी प्लस, ४८ प्रिमियम इकोनोमी, र १८५ इकोनोमी सिट उपलब्ध छन्।
प्रिमियम इकोनोमी प्लस सिटमा पूर्ण फ्ल्याट बेड, प्रत्यक्ष आइसल पहुँच र निजी वातावरण छ।
प्रिमियम इकोनोमी सिट ठूलो र आरामदायी छन् र विशेष खानासँग प्राथमिक बोर्डिङ सुविधा छ।
इकोनोमी सिटमा आधुनिक मनोरञ्जन प्रणाली र निःशुल्क खाना सेवा उपलब्ध छ।
थाई एयरवेजले नेपालका यात्रा व्यवसायीहरूलाई नयाँ विमान कन्फिग्रेसन र सेवा बारे प्रशिक्षण पनि दिएको छ।
यस पहलले नेपाल–बैंककबीच कनेक्टिविटी र सेवा सुधार्ने कम्पनीको दाबी छ।