महिन्द्राले अक्टोबर २०२५ मा अहिलेसम्मकै सबैभन्दा धेरै ७१,६२४ वटा गाडी बिक्री गरेको छ।
यो मासिक बिक्रीमा अघिल्लो वर्षको सोही महिनासँग तुलना गर्दा करिब ३२ प्रतिशत वृद्धि हो।
कम्पनीले स्कर्पियो, बोलेरो, एक्सयूभी ७००, एसयूभी थ्रीएक्सओ जस्ता मोडल बिक्री गर्दै आएको छ भने हालै बजारमा आएको इलेक्ट्रिक मोडल एक्सईभी ९ ई र बीई सिक्सले पनि राम्रो प्रदर्शन गरेको छ।
नेपालमा पनि महिन्द्राका स्कर्पियो र बोलेरो मोडल लोकप्रिय छन्।