Skip to content
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा आइतबार साँझ पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले काठमाडौं–हेटौँडा आवागमन ठप्प भएको छ।
प्रहरीले डोजर र जनशक्तिको प्रयोग गरी सडक खुलाउने प्रयास गरिरहेको छ।
मौसम अनुकूल भएपछि मात्र सडक सञ्चालन हुने अनुमान छ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
Post Views: 144