Skip to content
हेटौँडा–काठमाडौं जोड्ने कान्ति राजपथ आइतबार बिहान ठूला ढुंगासहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा बिहान करिब ६:५५ बजे पहिरो खसेर सडक दुबै तर्फबाट बन्द भएको हो।
माटो र हिलो मिसिएर सडक ढाकिएकाले सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी चौकी जितपुर र स्थानीय निकायले सडक खुलाउने प्रयास जारी राखेका छन्।
यसअघि इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खसेर कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि शनिबारदेखि अवरुद्ध बनेको थियो।
निरन्तर वर्षाका कारण सडकहरूमा अझै पहिरोको जोखिम रहँदा प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ।
Post Views: 116