बेनी–दरवाङ सडक तीन दिनदेखि बन्द

म्याग्दीको पश्चिम क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध बनेको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि बिहीबारदेखि यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको हो।

सडक बन्द हुँदा स्थानीयवासीलाई यात्रा गर्न कठिनाइ भएको छ भने निर्माण सामग्री, दैनिक उपभोग्य सामान र ग्रामीण क्षेत्रका कृषि–पशुजन्य वस्तु ढुवानी रोकिएको छ।

पहिरो लगातार खसिरहेकोले दुर्घटनाको जोखिम पनि बढेको छ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीले आजदेखि वर्षा रोकिएकाले डोजर परिचालन गरेर पहिरो पन्छाउने र सडक सुचारु गर्ने तयारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *