Skip to content
काठमाडौं–नागढुंगा सिस्नेखोला सुरुङमार्गको सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक टेन्डर आह्वान गरिएको छ।
आगामी पाँच वर्षका लागि यो टेन्डर खुलाइएको हो।
नागढुंगा सुरुङमार्ग आयोजना कार्यालयका अनुसार सेवा प्रदायक कम्पनीले सुरुङ सञ्चालन, मर्मत, सरसफाइ, सुरक्षाकर्मी व्यवस्थापन, आपतकालीन उद्धार, र ट्राफिक व्यवस्थापनका जिम्मेवारी सम्हाल्नेछ।
आयोजनाले अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति र प्राविधिक उपकरण प्रयोग गर्नुपर्ने बताएको छ।
२.७ किलोमिटर लामो यो सुरुङ काठमाडौं र सिस्नेखोलालाई जोड्ने राष्ट्रिय गौरवको आयोजना हो।
यसको निर्माण अन्तिम चरणमा पुगेको छ र सुरुङको परीक्षण सञ्चालन पनि सुरु गरिएको छ।
टेन्डर प्रक्रियापछि सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।
Post Views: 95